दरखास्त आवेदन दिनसकिने पदहरू

यस काठमाण्डौ महानगरपालिका बाट मिति 2078/10/18 मा प्रकाशित दरखास्त आह्वानको सूचना (विज्ञापन नं. 1-078-79 सुपरिवेक्षक र विज्ञापन नं. 2-078-79 गणक) अनुसार आवश्यक सम्पुर्ण प्रकृया पुरा गरि सुपरिवेक्षक २१ जना र गणक २१० जना उमेद्वार पद पुर्तिका लागि छनौट हुनु भएको (सुपरिवेक्षक तर्फ बैकल्पिक ९ जना र गणक तर्फ बैकल्पिक ४० जना) हुनाले अन्तर्वार्ता सम्पन्न गर्नुहुने उमेद्वारहरूले आफ्नो नाम छनौट भएको वा नभएको जानकारीका लागि यस महानगरपालिकाको वेवसाइट www.kathmandu.gov.np मा गएर यकिन गर्नहुन अनुरोध छ ।

नियुक्ती पत्रका लागी आगामि 2078 चैत्र 10 भित्र काठमाण्डौ महानगरपालिका नगर प्रहरीबल बागदरवार, सुन्धारमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

नियुक्ति पत्र पश्चात तालिम तथा कार्यविवरणको लागी सम्पर्क काठमाण्डौ महानगरपालिका सामाजिक विकास विभागमा उप निर्देशक, पदम केशर अधिकारी 9861154155

थप जानकारीका लागि काठमाण्डौ महानगरपालिकामा सम्पर्क गर्न सकिनेछ । धन्यवाद ।

का.म.पा.

प्रशासन विभाग

बागदरवार, काठमाण्डौ